१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

लुम्बिनी सरकारको ऊर्जामन्त्रीमा कृष्णा केसी नियुक्त



काठमाडौं ।
लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा कृष्णा केसी नियुक्त भएकी छन्। केसीको नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ।

सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री नियुक्त गरेका हुन्।

गएको निर्वाचनमा केसी माओवादी केन्द्रको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएकी थिइन्। केसीको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ।

नवनियुक्त मन्त्री केसीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेकी छन्।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट १–१ जना मन्त्री भएका छन्। त्यसैगरी एकजना स्वतन्त्र सांसद पनि मन्त्री भएका छन्।

प्रकाशित मिति : २२ जेष्ठ २०८१ मंगलबार ००:००  १० : २७ बजे