डिलाराम भुसाल, कपिलवस्तु । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी कपिलवस्तुका नौ स्थानमा संयुक्त यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रा सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको हो। तौलिहवास्थित बसपार्कमा आयोजित कार्यक्रमबीच सहायता कक्षको…