२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै



काठमाडौं ।
आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।
नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६ बिहिबार ००:००  ६ : १७ बजे