कपिलवस्तु ।कपिलवस्तु प्रहरीले अस्पतालको ३८ लाख बढी रकम हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका गरी पाँच जना पदाधिकारीलाई पक्राउ गरेको छ। अन्य केहीलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत ५५ वर्षीय चुडामणि भट्टराई, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका…