बाबुराम रायमाझी, कपिलबस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.९ मा अवस्थित श्री शुद्धोधन जनजीवन माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औं वर्षगाँठको अवसरमा स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोहमार्फत महोत्सवको समापनसँगै आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरिएको छ। कार्यक्रममा आर्थिक समितिद्वारा झण्डै १५ लाख ४८ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक…