२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

पर्यटक आकर्षण गर्दै टिमुरे ताल

शिवलाल सुवेदी, गुल्मी । जिल्लाको टिमुरे ताल पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । चन्द्रकोट गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको टिमुरे तालमा पछिल्लो समय दृश्यावलोकन गर्न, आनन्द लिन र बनभोज खानका लागि आउनेहरुको सङख्यामा बृद्धि भएको हो । टिमुरे ताल लामो समयदेखि प्रचार प्रसारको अभावमा ओझेलमा परेको भएपनि पछिल्लो समयमा भने घुम्न तथा…