काठमाण्डौं । ‘भारतमा चौकीदारी समेत गरें,’ तात्कालिक जनमुक्ति सेनाका डेपुटी कमान्डर चक्रपाणि खनाल ‘बलदेव’ ले अतीत सुनाए, ‘दुई–तीन वर्ष लगाएर भारतमै फोटोग्राफी सिकें । संवत् २०३८ मा नेपाल फर्केर फोटो स्टुडियो सञ्चालन गरी जीविकोपार्जन गर्न थालें ।’ जनमुक्ति सेनाका डेपुटी कमान्डर खनाल ०३८ जेठदेखि युवक संघमा आबद्ध भए । ‘०३४ मा राजतन्त्रविरोधी पर्चा गाउँ (अर्घाखाँची)…