१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

रुसमाथि थप प्रतिबन्ध लगाइयोस्ः जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन् । ​पूर्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको आह्वान आएको हो ।पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका छन्…