काठमाण्डौ । क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका स्थाइ घर भइ काठमाण्डौको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई प्रहरीले पक्राउ गरेको हो । कापरले सर्लाहीका अरबिन्दकुमार साहलाई क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । आफू पनि क्यानडा जाने…