काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएपछि त्यहाँका स्वास्थ्यकर्मीमाझ गरिएको परीक्षणको रिपोर्ट सबैको नेगेटिभ आएको छ । कपिलवस्तु वाणगंगा-४ ठाकुरापुरकी ६ वर्षीया बालिका उपचारका लागि शिक्षण अस्पतालमा एक साताअघि भर्ना भएकी थिइन् । ती बालिकामा संक्रमण पुष्टि भएलगत्तै विरामी बालिकाको सम्पर्कमा आएका सम्भावित ४९ स्वास्थ्यकर्मीको कोरोना संक्रमण परिक्षण गरिएको थियो ।…