७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

भैंसी फार्ममा काम गर्ने महिला बलात्कृत

काठमाडौं । पोखरामा भैंसी फार्ममा काम गर्ने एक महिलामाथि बलात्कार भएको छ । पोखरा महानगरपालिका–३० ढुङगेपाटनस्थित भैंसी फार्ममा काम गर्ने मादी गाँउपालिका–५ मिजुरेकी २८ वर्षीया महिलालाई बलात्कार भएको प्रहरीले जनाएको छ । महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।