बुटवल ।कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ मोतीपुर क्षेत्रमा रहेको कित्ता नं ५०२ उल्लेखित गुल्मीको एक विद्यालयको नाममा रहेको जग्गामा भू माफियाहरूले रजाइँ गरेको खुलेको छ । श्रीआत्मबोध मावि मानकोट गुल्मीको नाममा उल्लेखित जग्गाबाट स्थानीय जग्गा व्यापारीहरूले व्यापार गर्न मनपरी बाटो निकालेर प्लटिङ गरी घडेरी बिक्री योजनासमेत बनाएको समाचार छ । यसरी विद्यालयको जग्गामा मनपरी गरेपछि अख्तियार…