मायादेवी अनलाइन, चारनम्बर । स्थानान्तरण पत्रविना विद्यार्थी भर्ना गरिएको विरोधमा नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाणगंगा नगर समितिले नगरपालिकामा ज्ञापन पत्र पेश गरेको छ । कोरोनाको कहरमा नीजि विद्यालय स्वयम् मारमा परेको अवस्थामा नगरका सरकारी विद्यालयले स्थानान्तरण पत्र (सर्टिफिकेट) विनै धमाधम आफ्ना विद्यार्थी चोरी गरी भर्ना गरिरहेको पाइएपछि त्यसलाई निरुत्साहित गर्न माग गर्दै प्याब्सनले…