तौलिहवा(कपिलबस्तु) । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमुना अभ्यास सञ्चालन गरिएको छ । निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले गरिएको सो अभ्यासमा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । अभ्यासका क्रममा…