काठमाडौं ।भोटेकोशी नदीमा फेरि बिहानैदेखि बाढी केही बढेपछि सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुनस् बाढी बढेपछि सरोकारवालाहरुले सतर्क रहन भनेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव…