३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

सुनकोसीमा बस दुर्घटनाः मृतक १७ कै सनाखत

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोसी नदीमा बस खस्दा मृत्यु भएका १७ जनाकै सनाखत भएको छ । केही व्यक्ति नदीमा हराइरहेको आशंकामा खोजी जारी छ । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले सोमबार मृतक १७ जनाकै सनाखत भएको जानकारी दिएका हुन् । उनका अनुसार मृतकमा महिला ९, पुरुष १, बालक ४ र बालिका ३  छन्…