काठमाडौं । प्रहरीले बालाजु नयाँ बसपार्कबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकाया रहेका छन्। उनीहरूको साथबाट प्रहरी १६ ग्राम खैरो हेरोइन र जोख्ने तराजुसमेत बरामद गरको छ। विप्लव समूहको गतिविधिबारे अनुसन्धानमा खटिएको बालाजु प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होवीन्द्र बोगटीले बताए।…