मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु महोत्सवमा आज चर्चित आधुनिक तथा गजल गायक थानेश्वर गौतम आउने भएका छन् । माघ २९ गते आइतबार सकिदै गरेको महोत्सवको अघिल्लो दिन शनिबार गायक गौतमको प्रस्तुति रहने भएको हो । गौतम पछिल्लो समयका चर्चित गायक हुन् । उनले स्वर र संगीत भरेको छुट्नलाई पो रैछ क्यारे बोलको गीत चर्चित छ ।…