कपिलवस्तु । लैंगिक हिंसा रोकथाम तथा महिला, बालबालिका र सिमान्तकृत समुदायको हक–अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले ‘मौनता तोडौँः सामुदायिक नेतृत्वमा लैंगिक हिंसा रोकथाम’ परियोजना सुरु गरिएको छ। बुधबार चन्द्रौटामा आयोजित लैंगिक हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत परियोजनाबारे जानकारी गराइएको हो। वुमेन एक्टको आयोजना तथा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालन हुने उक्त परियोजना कपिलवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा…