सिद्धार्थनगर । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन दश तले भवनको निर्माण कार्य तिव्ररुपमा चलिरहेको छ । भवन निर्माणको भौतिक प्रगति ३० प्रतिशत पुगेको जनाइएको छ । यो अस्पताल लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना मानिन्छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले हालसम्म भवन निर्माणमा भौतिक प्रगति ३० प्रतिशत र वित्तिय प्रगति २६.६२ प्रतिशत…