३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

असिना पानीले लाखौं मूल्य बराबरको अन्नबाली नष्ट

बागलुङ । बागलुङमा सोमबार दिउँसोदेखि परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबाली नष्ट गरेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत क्षेत्रमा परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन् । लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो ।…