काठमाडौँ, साउन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश विक्रमसिंहलाई घुससहित पक्राउ गरेको छ । डा. सिंहलाई सेवा ग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका एक अधिकारीका अनुसार सिंहलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो । डा. सिंह यसअघि क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा…