गणेश बेल्वासे, अर्घाखाँची । अर्घाखाँचीको ठाडामा विजयादशमीको द्वादशीको अवसर पारेर आइतबार बृहत सराय जात्रा निकालेर फूलपाती बिसर्जन गरिएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न एवं धार्मिक सद्भाव कायम गर्न आइतबार दिउँसो सराय जात्रा निकालिएको हो । संस्कृतिको जर्गेना गर्न सदाका वर्षहरूमा जस्तै दशैँको द्वादशीको दिन सराय जात्रालाई यस वर्ष पनि भव्य…