४ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026

बुधबार प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ । त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन् ।