काठमाडौं । नेपाल विद्यार्थी संघले कोरोना महामारीका बेला सिकाइ निरन्तर राख्न ‘घर–घरमा पढाइ, टोल–टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार ७७ जिल्ला समितिलाई परिपत्र गर्दै उक्त अभियानमा सक्रियतापूर्वक सहभागी हुन नेविसंघलाई निर्देशन दिएका छन्।वैकल्पिक सिकाइ प्रक्रियामा नेविसंघ जिल्ला समितिहरूले महत्वपूर्ण भूमिका निभाउने पनि अध्यक्ष ढुंगानाको भनाइ छ। कोरोनाका कारण गत…