तौलिहवा ।कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले प्राचीन कपिलवस्तुको तिलौराकोटलगायत अन्य पुरातात्विक सम्पदाको संरक्षण नगरेसम्म विकास सम्भव नरहेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको २५६७ औं बुद्ध जयन्ती एवम् प्रसूति उत्सवमा उहाँले सो कुरा बताउनुभएको हो। मन्त्री भुसालले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यस्तो कार्यक्रम आफूले जीवनमै पहिलो पटक अनुभव गरेको बताउनुभयो।…