काठमाडौं, ७ भदौ । गृहमन्त्री जनार्दन शर्मा तीन महिना नपुग्दै गृहप्रशासनमा सबैभन्दा बदनाम हुन पुगेका छन् । चर्का कुरा गर्ने तर व्यवहार भने ठीक त्यस विपरीत देखाउने ‘हिपोक्रेट’ कार्यशैलीका उनले प्रहरीमा मात्र होइन निजामती प्रशासनमा समेत चरम हस्तक्षेप गरेपछि कर्मचारीतन्त्रमा आतंक फैलिएको छ । समाचार सूत्रका अनुसार, खासगरी सिडिओ सरुवामा गृहमन्त्री शर्माले अपनाएको कार्यशैली देखेर…