एजेन्सी । बर्नलीले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो । आठौँ मिनेटमा क्रिस वूडले गरेको गोलबाट जित निश्चित गरेको बर्नलीले रेलिगेशन जोनबाट माथि उक्लिएको छ। ८ खेलबाट पाँच अंक जोडेको बर्नली १७ औँ स्थानमा पुगेको…