एजेन्सी । युभेन्ट्सलाई निराश बनाउँदै लियोन च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । शुक्रबार राति अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्ट्सबिरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ को यात्रा तय गरेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । दोस्रो लेगको खेल २–२…