एजेन्सी । लियोनल मेस्सी र स्टार किशोर खेलाडी आन्सु फातीसहितको बार्सिलोना ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्तब्ध भएको छ । यो सिजन बढुवा भएर पुनः ला लिगामा आएको ग्रानाडाले स्टार खेलाडीसहितको बार्सिलोनालाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको हो…