एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा साबिक विजेता बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीसहितको बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेको हो । बार्सिलोना र भिल्लारियलको तर्फबाट पहिलो हाफमै गोल भएको हो । छैटौँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । १५ औँ…