एजेन्सी । एसेज शृङ्खलाको अन्तिम टेस्टमा इंग्ल्याण्डले दोस्रो पारिमा ७८ रनको अग्रता बनाएको छ ।२९४ रनमा इंग्ल्याण्डलाई समेटेर पहिलो पारि सुरु गरेको अस्ट्रेलिया २२५ रनमा समेटिन पुग्यो । ओभलमा जारी प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाको इनिङ्समा यस पटक पनि स्टिभ स्मिथको ब्याटबाट राम्रो रन बनेको थियो । स्मिथले सर्वाधिक ८० रन बनाउँदा मार्नोस लाबुसचेनले ४८ रन बनाए ।…