२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

नागरिक अगुवा केसीको पक्षमा नारा यस्तो लगाइयो



काठमाडौं, २६ पुस ।
सर्वोच्च अदालतमा नागरिक अगुवा प्रा. डा. गोविन्द केसी माथि लगाइएको मुद्दामा बहस चलिरहेका बेला बुधबार काठमाडौंको माइती घर मन्डलामा उनका समर्थकहरु भेला भएर प्रदर्शन गरेका छन् ।

‘डा. केसीलाई बिनाशर्त रिहा गर’, ‘डा. केसीविरुद्ध लगाइएको मुद्दा खारेज गर’, ‘भ्रष्टाचार र माफियातन्त्र अन्त्य गर’, ‘न्यायपालिकाको पुनःसंरचना गर’ जस्ता नारा लगाउँदै उनीहरु सडकमा उत्रिएका हुन् । प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका नेता–कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  ११ : ४३ बजे