७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

दीपायलको चिन्ता डोटीलाई, राजधानी माग गर्दै बन्द



डोटी, ३ माघ ।
प्रदेश नम्बर ७ को राजधानी दीपायल तोकिनु पर्ने माग गर्दै आन्दोलनकारीले बुधबारदेखि डोटीमा फेरि बन्द गरेका छन् । बन्दका कारण डोटीको जनजीवन प्रभावित बनेकोे छ ।
सरकारी कार्यालय, विद्यालय, कलकारखाना तथा यातायातका साधन ठप्प भएका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि सडकमा नाराबाजी गरिरहेका छन् ।
७ नम्बर प्रदेशको मुख्य केन्द्र बिन्दु रहेको दीपायलमा राजधानी बनाउनुको सट्टा सरकारले राजधानी धनगढीका लागि सिफारिस गरिरहेको भन्ने आरोप लगाउदै राजनीतिक दल, व्यापारी, उद्योगी तथा स्थानीय बासिन्दा रहेको संघर्ष समितिले डोटी बन्द गरेको हो । समितिले यसअघि पनि बन्द गरेको थियो ।

 

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ४ : ३० बजे