६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान, लिए सपथ



एजेन्सी ।
पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख ६५ वर्षीय खान शुक्रबार सामान्य बहुमतबाट प्रधानमन्त्री चुनिएका थिए ।
उनलाई पाकिस्तानी राष्ट्रपति ममनून हुसेनले पद तथा गोपनियताको सपथ दिलाएका हुन् । सपथग्रहण समारोहमा कार्यवाहक प्रधानमन्त्री नसिरुल मुल्क, नेसनल एसेम्ब्लीका सभामुख लगायतका विशिष्ट अतिथिहरुको उपस्थिति थियो ।

साथै भारतबाट पूर्व क्रिकेटर तथा पञ्जाब सरकारका मन्त्री नवजोतसिंह सिद्धु पनि इमरान खानको सपथग्रहणमा सहभागी भएका थिए । उनले इमरानलाई पश्मीनाको शल उपहार दिएका थिए । सिद्धुलाई १५ दिनको भिसा दिइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७५ शनिबार ००:००  ६ : ०६ बजे