१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भरुवा बन्दुकले लागेर सिकारीको मृत्यु



संखुवासभा ।
संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । आइतबार बेलुका मादी नगरपालिका ८ मावादिन बस्ने २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो ।

एक थान भरुवा बन्दुकसहित तामाङको शव मादी नगरपालिका वडा नम्बर.–९ फाबिङमा रहेको जंगलमा भेटिएको प्रहरीले जनाएको छ । मृतक हस्तबहादुर जंगलमा सिकार खेल्न जानुभएको थियो ।

उहाँसँगै भाई रत्नबहादुर तामाङ र छिमेकी कृष्णबहादुर तामाङ पनि सँगै गएका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, २ ओटा नाल र भरुवा बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट भेटिएको प्रहरीले जनाएको छ समेत भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ९ : २२ बजे