१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वायोग्यास उद्घाटन गर्दै प्रम ओलीले भने, ‘ग्यास सिलिण्डर हटाउनु ठूलो कुरै होइन’



विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताउनुभएको छ । विराटनगर पुगेर मंगलबार वायोग्यास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्न नपर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब पाइपबाटै ग्यास आउँछ ।’

विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ । प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाल्नुभएको थियो ।

यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गर्नुभएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७५ मंगलबार ००:००  ९ : ३७ बजे