१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कलंकीको अण्डरपास भयो बन्द, यस्तो छ कारण ?



काठमाडौं ।
केही दिन्अघि मात्रै खुलाइएको काठमाडौं–कलंकीको अण्डरपास बन्द भएको छ । गएको १ गतेदेखि मात्रै सञ्चालनमा ल्याइएको अण्डरपास सरसफाईको लागि भन्दै बन्द गरिएको हो । तर अण्डरपास तुरुन्तै फेरि खुलाउने नखुलाउने भन्ने निश्चित भइसकेको छैन ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासको निर्माण कार्य नै बाँकी छ । अण्डरपास खुलाए पनि अत्यधिक धुलो उडेकाले सफाईका लागि बन्द गर्नु परेको उहाँले बताउनुभयो ।

अण्डरपास कसरी चलाउने भन्ने बारे जानकारी नभए पनि बाटो खुलाउन हतार गर्दा समस्या भएको छ । गाडी चालकमा पनि अन्यौल बढेकाले बन्द गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार त्यहाँ धुलो नउड्ने गरी पिच गर्न, ट्राफिक संकेत राख्न नै बाँकी छ । सँधै जाम भइरहने कलंकीमा अण्डरपास खुले पछि सहज हुने भनिए पनि तयारी नगरी सञ्चालनमा ल्याउँदा आयोजनालाई नै समस्या परेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५ बुधबार ००:००  ७ : १३ बजे