१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गोली लागि अमेरिकामा एक नेपालीको मृत्यु 



मायादेवी अनलाइन, कोलोराडो । 

अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।  प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा  अन्दाजी २५ वर्षका नेपाली युवा बीरेन्द्र ठकुरीको मृत्यु  भएको जनाईएको छ । ।

स्थानिय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाएको थियो । काठमाडौं घर भएका मृतक ठकुरीकी आमा र दाईका साथ घटनास्थल नजिकै वेष्टमिनिष्टरमा स्थायी रुपमा बस्दै आएका थिए ।

उनको पार्थिव शरीर अहिले स्थानीय अस्पतालमा राखिएको छ । समाचारअनुसार करिब ८ बजेर ४५ मिनेट जाँदा स्थानीय फ्रेडल बर्ड र स्टार्ट फोर्ड लेक ड्राइभमा केही व्यक्तिले सडकमा होहल्ला गरेको प्रहरीले टेलिफोनमार्फत सूचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ   ।आमा बेहोस अवस्थामा रहेकी छन् । सँगै गएका दाइलाई पनि प्रहरीले हिरासतमा केहीबेर राखेर छाडिदिएको छ ।

 

किन प्रहरीले गोली चलायो कुनै कारण स्पष्ट गरिएको छैन । स्थानीय मिडियाका अनुसार प्रहरीले नै गोली लागेका युवालाई अस्पताल लिएर गएको थियो । घटनास्थल कोलोराडोको मुख्य शहर डेनभर नजिकै पर्छ  । डेनभरमा ठूलो संख्यामा नेपाली रहेका छन् ।

घटनापछि उनको घरमा पुगेका छिमेकीले दुईजना दाजुभाई सांझ उक्त सडकमा पैदल हिँडिरहेका थिए । त्यहीबेला प्रहरीसँग साक्षात्कार भएका थिए । तर पनि प्रहरीले किन गोली चलायो थाहा हुन सकेको छैन ।

 

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  २ : १७ बजे