१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कञ्चनपुर आज शान्त, दिनभरका लागि हट्यो कर्फ्यू



कञ्चनपुर ।
कञ्चनपुरको महेन्द्रनगरमा शनिबार रातिदेखि लगाइएको कर्फ्यू केही खुकुलो बनाइएको छ । स्थिति सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेसम्म कर्फ्यू हटाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार विहान ५ बजेदेखि १२ बजेसम्म कर्फ्यू खुला गरेको सूचना जारी गरेको थियो । तर स्थिति सामान्य बन्दै गएकाले साँझ ६ बजेसम्म कर्फ्यू हटाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले स्थिति सामान्यतर्फ उन्मुख भएका कारण कर्फ्यूको समय खुकुलो पारिएको जानकारी दिए । साँझ ६ बजेदेखि मंगलबार विहान ५ बजेसम्म भने कर्फ्यू यथावत रहनेछ ।

कर्फ्यू खुलेपछि बजारमा सामान्य चहलपहल देखिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले निकालेको जुलुस उग्र बन्दै गएपछि प्रहरीले शनिबारदेखि कर्फ्यू लगाएको हो ।

शनिबार स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  ८ : २० बजे