२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

प्रम ओलीको स्वास्थ्य स्थिती ठिक, तर डिस्चार्जको टुङ्गो छैन



काठमाडौं ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर प्रधानमन्त्री ओली अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन भन्ने कुराको टुंगो भने अझै लागि सकेको छैन ।
उपचारमा संलग्न डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई दिदै आएको औषधीको डोज आज साँझ सकिने र त्यसपछि मात्रै डिस्चार्जको टुंगो लाग्ने बताउनु भयो । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गएको सोमबार महाराजगञ्जमा रहेको त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओलीलाई एक दुई दिनभित्र निवास फिर्ता गराइनेछ । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ५ : ०६ बजे