६ असार २०८३, शनिबार | Sun Jun 21 2026

कास्कीमा ट्र्याक्टर पल्टीदा युवकको मृत्यु, एक घाइते



कास्की ।

मादी गाउँपालिका(५ काउरेमा गएराति ग १ त १९८९ नम्बरको ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन्। मृत्यु हुनेमा ट्याक्टरमा सवार पोखरा महानगरपालिका(१३ आर्वाका १७ वर्षीय गोविन्द बराल रहेका छन्। उनको उपचारको क्रममा राति साढे १२ बजे पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी मादी गाउँपालिका(५ थाचोक बस्ने लम्जुङकी २९ वर्षीया सुमित्रा राईको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ६ : ३८ बजे