८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म



सुर्खेत ।
प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म भएको छ । पेटदेखि छातीसम्म जोडिएको दुई शिशुको कलेजो र मुटु भने एउटै छ। कालिकोट रास्कोट नगरपालिकाकी २८ वर्षीया ललिता बुढाको गर्भबाट चिकित्सकहरूले शल्यक्रियामा करीब डेढ घण्टा खर्चिएर शरीर जोडिएको अवस्थामा दुई शिशु (छोरी) निकालेका हुन्।
चिकित्सकीय भाषामा ’कन्जोइन टुइन्स’ भनिने यस्तो केश अत्यन्त कम (करीब २ लाख जन्ममा) हुने बताइएको छ। प्रदेश अस्पताल सुर्खेतका डा. रवीन खड्काका अनुसार शरीर जोडिएका दुई शिशुको तौल करीब ५ केजी छ। ‘हेर्दा दुवै स्वस्थ देखिन्छन्। दुवै रुने कराउने गर्छन्, दुवैलाई स्तनपान शुरु भइसकेको छ। ती शिशुको मंगलबार पुनः भिडियो एक्सरे गरी स्वास्थ्य अवस्था बुझ्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ११ : ०१ बजे