२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

अन्तर्रा्ष्ट्रिय साइबर सुरक्षासम्बन्धी सम्मेलन नेपालमा



काठमाडौं ।
अन्तर्रा्ष्ट्रिय साइबर सुरक्षासम्बन्धी सम्मेलन नेपालमा हुने भएको छ। नेपालमा पहिलो पटक गर्न थालिएको यो सम्मेलन मंसिर २२ र २३ गते काठमाडौंमा गरिने तयारी गरिएको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको संस्था थ्रेट निक्सले यो सम्मेलनको आयोजना गर्न लागेको हो। आयोजकका अनुसार सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स जस्ता संस्थाका सहकार्य रहेको छ ।
पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याक जस्ता साइबर सुरक्षाका चुनौती नेपालले भोग्नुपरेको छ । साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेकोको अवस्थामा सम्मेलनले समाधानमा सार्थक उपाय दिने बताइएको छ ।
साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित थ्रेट कोन आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार गर्न सक्ने विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ११ : ०८ बजे