८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बालविवाह गरी जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष जेल



गाईघाट ।
उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजाय फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो ।
सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नुका साथै पीडितलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो ।
असार १९ गते तामाङले बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए । असार २२ गते पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  ६ : ५८ बजे