८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

श्रीमान – श्रीमतीको विवादले छिनमै घर खरानी



विराटनगर ।
पतिसँगको विवादका कारण खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाएकी छन्। बुधबार भएको आगलागीबाट करिब १३ लाख मूल्य बराबरको क्षति भएको छ। रुपाकोट–मझुवागढी नगरपालिका १०, माखामका जीतबहादुर तामाङ र उनकी पत्नी ३९ वर्षीया फूलमायाका बीचमा घरायसी विवाद भएको थियो। सोही झोंकमा फूलमायाले घरमा आगो लगाएको प्रहरीले जनाएको छ। पतिसँग विवाद भएपछि फूलमायाले मादक पदार्थ सेवन गरी कोही नभएको मौका पारी घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
आगलागीबाट ढुङ्गा माटोको ३ तले घर र घर भित्रका सबै सामान जलेर नष्ट भएको छ। स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  ८ : २४ बजे