८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

श्रम तथा बैदेशिक रोजगार विभागबाट तीनजना विचौलिया पक्राउ



काठमाडौं ।
ताहचलस्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट तीनजना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटीमै बस्ने धादिङका सुजन लामा र सोल्टिमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरितो गरीदिन्छु भनी सेवाग्राहीलाई प्रलोभनमा पारी दुस्ख दिने गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  १० : २३ बजे