१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार



धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको थियो । प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  १ : २५ बजे