१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

दैलेखमा सवारी दुर्घटना, चार जना घाइते



दैलेख ।
दैलेखको गुरास गाउँपालिका ४ को तालपोखरीमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सुर्खेतबाट दैलेख आउँदै गरेको बा ४ ख ३७६३ नम्बरको माक्रो बस दुर्घटना हुदा चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरी बहादुर ओलीले जानकारी दिए। घाइतेहरुको उपचारका लागि सुर्खेत तर्फ लगिएको र गाडी सडकको नाला साईटमा पल्टिएकाले ठुलो दुर्घटना हुनबाट जोगीएको प्रहरीले जनाएको छ। चाड पर्वको समयमा यात्रुको चाप हुने र दैलेख सुर्खेत खडक खण्डको अवस्था बिग्रीएकाले बेला बेला दुर्घटना हुने गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  १ : २० बजे