५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रोल्पाको माडीमा एनएमबिको १६४ औंँ शाखा



काठमाडौं ।
एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको ऊर्जामन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले उद्घाटन गरे ।

२४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले नवीनतम् सेवा तथा सुविधाबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले १६४ शाखा, १३१ वटा एटीएमसहित अन्य बैकल्पिक वितरण प्रणालीेसमेतको माध्यमबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ५ : २५ बजे