२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट बनेका प्रचण्डको प्रधानमन्त्री ओलीसँग पछिल्लो समय दूरी बढिरहेको छ। दुई अध्यक्षबीच पाँच दिनपछि भेट हुन लागेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७७ बिहिबार ००:००  १ : ४२ बजे